काठमाडौं । नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।
हिजो आइतबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दै छ । हिजाको बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए ।
उक्त प्रतिवेदनमाथि आज र भोलि छलफल हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । छलफल पश्चात् आएका सुझावको जवाफ अध्यक्ष प्रचण्डले पुस २४ गते दिएपछि बैठक समापन गरिने उनले जानकारी दिए ।