Logo
Logo

३४ बन्धकलाई रिहा गर्न हमास तयार


1.8k
Shares

एजेन्सी । प्यालेस्टाइनी लडाकु समूह हमास पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसँग इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको बताएका छन् ।

यीमध्ये कति बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन । सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् । केही युवा पुरुषको नाम पनि सूचीमा छ, जसलाई हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो ।

हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ । यद्यपी, इजरायलले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्