Logo
Logo

सुखद समाचारः कोरोनाबाट बचाउने औषधी बेलायतमा पत्ता लाग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ असार ।

कोभिड– १९ बाट संक्रमित बिरामीलाई बचाउन सक्ने औषधी बेलायतमा पत्ता लागेको छ । खासगरी गम्भीर बिरामीलाई औषधीले बचाउनसक्ने बीबीसीले जनाएको छ ।


डेसामेथासोन नामक सो औषधी बेलायत स्वास्थ्यविद्हरुले विभिन्न चरणमा सफल परीक्षण गरेका हुन् । बीबीसीका अनुसार सो औषधीले भेन्जिलेटरमा पुगेका बिरामीको मृत्युको जोखिम ३३ प्रतिशत तथा अक्सिजन लिने बिरामीको २० प्रतिशत कम गर्छ । ‘बेलायतमा महामारी सुरु हुनुअघि नै यो औषधी पत्ता लागेको भए पाँच जनाको ज्यान जोगाउन सकिनथ्यो,’ बीबीसीले लेखेको छ ।

औषधी सस्तो भएकाले अन्य देशमा सजिलै पुग्ने विश्वास लिइएको छ । यो औषधीले कोभिडविरुद्ध लड्ने व्यक्तिको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।कोरोनाविरुद्धको उपचारमा यसलाई अहिलेसम्मकै महत्वपूर्ण ब्रेकथ्रु मानिएको छ ।

अक्सफोर्ड विश्वबिद्यालयको नेतृत्वमा भएको अनुसन्धानमा चार हजार बिरामीमा सो औषधी परीक्षण गरिएको थियो । औषधी प्रयोग नगरेको भन्दा गरेका व्यक्तिहरु धेरै बिरामीहरु निको भएका थिए । प्रमुख अनुसन्धानकर्ता प्रोफेसर पेटर होर्बीले भनेका छन्,‘अहिलेसम्म कोभिडको मृत्युदर घटाउने यो मात्र एउटा औषधी हो । यसले मृत्युको जोखिम धेरै घटाउँदा, यो ठूलो सफलता हो ।’

मृत्युको जोखिम कम गर्ने औषधी पत्ता लागेपनि यसको भ्याकसिन भने पत्ता लागेको छैन । छिटोमा आगामी डिसेम्बरमा मात्र भ्याक्सिन पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्