Logo
Logo

मधेश केन्द्रित दलसँग मोर्चाबन्दी गर्न जनमतले बनायो कार्यदल


756
Shares

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि २ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जनमतले आइतबार बसेकाे सचिवालय बैठकको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव रहेको २ सदस्यीय समिति गठन गरेको हो ।

‘केन्द्रीय सचिवालय समितिको निर्णयनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२) सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ विज्ञप्तिमा भनिएको छ । कार्यदलले संविधान संशोधन, कार्यगत एकता, पार्टी एकीकरण लगायत विषयमा संवाद गर्ने प्रवक्ता यादवले बताए ।

जनमतले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीसँग एकता गर्ने तयारी गरेको छ । स्रोतका अनुसार पार्टी एकताको विषयमा अध्यक्षद्वय राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ ।

जनमत र नागरिक उन्मुक्ति पार्टी मिले भने पूरै मधेस कब्जा हुने उद्देश्यले एकता हुन लागेको जनमतका एक नेताले जानकारी दिए । दीर्घकालीन सोचका साथ मोर्चाबन्दी या एकता गरेर अगाडि बढ्नुपर्ने गरी राउत र चौधरीबिच कुराकानी अगाडि बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्