काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं केन्द्रीय समितिको छेठौं बैठकको दोस्रो दिनको जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमाथि छलफल हुने सुरू भएको हो ।
काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकमा बैठकमा आइतबार अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रचण्डको सोही राजनीतिक प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जना सहभागी छन् ।