काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौंबाट १०: ३८ मा उडेको उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको हो । आधा समय उडान गरिसकेको अवस्थामा विमानमा समस्या देखिएपछि पाइलटले काठमाडौं फिर्ता गरेर ११ः१५ मा त्रिभुवन विानस्थलमा सुरक्षित अवतरण गराएका छन् ।
प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ भने यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।