Logo
Logo

स्वर्णलक्ष्मी सहकारीका प्रतिवादीको बयान न्यायाधीश पाण्डेयको इजलासमा


15.6k
Shares

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको मुद्दामा पक्राउ परेका प्रतिवादीहरुको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा हुने भएको छ ।

सरकारी वकिलले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरूद्ध मुद्दा दायर गरेपछि पक्राउ परेका प्रतिवादीको बयान आज (सोमबार)देखि न्यायाधीश पाण्डेयको इजलाशमा हुने भएको हो ।

स्वर्णलक्ष्मी सहकारीको निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

अन्य तीन जना गोर्खा मिडियाका पूर्व संचालकद्वय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी र कुमार रम्तेल कास्की प्रहरीको हिरासतमा छन् ।

कास्की जिल्ला अदालतमा पनि सूर्यदर्शन बचत तथा ऋण सहकारीको पुर्पक्षका लागि थुनामा राख्ने/नराख्ने विषयमा थुनछेक बहस हुँदैछ । उनीहरूको त्यहाँको थुनछेक आदेश सकिएपछि काठमाडौं ल्याएर पुनः थुनछेक हुन्छ ।

यता काठमाडौंमा पनि सोमबार नेवा र सुवेदीको बयान लिई सकेपछि थुनछेक सुरू हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्