Logo
Logo

सिंहदरबारको गेटबाट फणीन्द्र नेपाल पक्राउ


9.6k
Shares

काठमाडौं । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै सिंहदरबारस्थित दक्षिणी गेटमा धर्ना धर्ना बस्न पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिंहदरबारको गेटमा एक्लै धर्ना बस्ने योजना बनाएका नेपाललाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त पुर्याएको छ ।
‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगेका थिए ।

सिंहदरबार गेटमा पुगेर ज्याकेट फुकालेर उनले आफ्नो ब्यानर प्रदर्शन गरे । तर, त्यसको एक मिनेटभित्रै प्रहरीले पक्राउ गरेको नेपालले बताएका छन् । आफूलाई सिंहदवार वृत्तभित्र यत्तिकै राखिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्