Logo
Logo

द नेशनल डिजाइनर रन वे-२०२४ : आईआईएफटीकाे पाेल्टामा चारै उपाधि


2.7k
Shares

काठमाडौं । पाँचौं संस्करणको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे–२०२४’ को उपाधि आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका प्राङ्देन हानी लिम्बुले जितेका छन् । शनिबार साँझ भक्तपुरमा सम्पन्न प्रतियोगितामा लिम्बू उक्त उपाधि जितेका हुन् ।

विभिन्न संस्थामा अध्यनरत र ग्राजुएट १४ जना फेसन डिजाइनरहरु प्रतिष्पर्धी रहेको सो प्रतियोगितामा आईआईएफटीकै सबी श्रेष्ठ ‘फस्ट रनरअप’ भए भने आईआईएफटीका अर्का ग्राजुएट फेसन डिजाइनर ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनरअप’ भए ।
त्यस्तै, आईआईएफटीकै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यले ताज तथा विभिन्न पुरस्कार प्रदान गरेका थिए ।

राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा यो प्रतियोगिता भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिलसिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरुले सहभागिता जनाएका थिए । विभिन्न डिजाइनरले डिजाइन तयार गरेका पहिरनलाई ३८ मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्