Logo
Logo

रविले स्वर्णलक्ष्मीको ७५ लाख रेमिट्यान्समार्फत विदेशमा कसलाई पठाए ?


5.7k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ७५ लाखभन्दा बढी रकम विदेश पठाएको भेटिएको छ ।

आइतबार सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दायर गरेको अभियोगपत्रमा रविले स्वर्णलक्ष्मी सहकारीबाट ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको उल्लेख छ ।

सन् २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको निष्कर्ष छ । बयानमा रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

२०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सरकारी वकिलले लामिछाने सहित ३९ जनालाई प्रतिवादी कायम गर्दै मुद्दा दायर गरेको छ । जसमा लामिछाने, पूर्वडीआईजी छविललाल जोशी र कुमार रम्तेल कास्की प्रहरीको हिरासतमा छन् भने २ जना काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्