Logo
Logo

प्रधानमन्त्री ओली ठुलो संकटमा : घनश्याम भुसाल

'वर्तमान गठबन्धन सत्ता लेनदेन मात्रै हो'


41.6k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ठुलो संकटका बीच अघि बढिरहेको जिकिर गरेका छन् ।

पार्टी निर्वाचन आयोगका पदाधिकारीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव भुसालले भने, ‘अहिले ओलीजी ठुलो संटकमा हुनुहुन्छ । जो संकट उहाँ आफैले सिर्जना गर्नुभएको हो । वर्तमान गठबन्धन सत्ता लेनदेन मात्रै हो । अहिले ओलीजी फासिस्ट बन्नेमै हुनुहुन्छ । अझैँ फासिस्ट बन्दै जाने देखिन्छ ।’

त्यस्तै, उनले वर्तमान सत्ताको फासिष्ट र सडकको अराजकता विरुद्ध उभिन पार्टी पंक्तिलाई अपिल गरे । उनले वाम आन्दोलन संकटमा परेकोमा चिन्ता प्रकट गरे ।

महासचिव भुसालले थपे, ‘अहिले वाम आन्दोलन संकटमा छ । यसको अर्थ हामी संकटमा छौँ । वर्तमान संटक टार्न सक्यौँ भने मात्रै राष्ट्रको संकट टर्छ । यसका निम्ति हामी नयाँ ढंगले जानुपर्ने हुन्छ । जो ऐतिहासिक सन्दर्भको हुनुपर्छ ।’

उनले राष्ट्रिय राजनीतिमा पार्टीले कसरी र कस्तो भूमिका खेल्ने भन्नेबारेमा हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले योजनाहरू अघि सारिसकेको स्मरण गराउँदै जनताको बीचमा जाने र आन्दोलनद्वारा पार्टी निर्माण गरेको खण्डमा मात्रै वर्तमान जडता चिर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्