काठमाडौं । उनी फेसन डिजाइनिङमै भविष्य देख्छिन् । करिब ८ वर्षयता बुटिक अर्थात ‘एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालन गर्दै आएकी फेसन डिजाइनर सुस्मिता लिम्बू भन्छिन्, ‘नेपालमा मात्रै होइन, विदेशमा समते नेपाली फेसन डिजाइनिङको माग बढिरहेको छ । त्यसैले अहिले फेसनको राम्रो सम्भावना छ ।’
एक समय उनी विदेश जाने सोचमा समेत पुगेकी थिइन् । तर, नेपालमै केही गर्न सकिन्छ भन्ने सोच आएपछि बुटिक व्यवसायमा लागेको सुस्मिताको भनाइ छ । उनी भन्छिन्, ‘मलाई सानैदेखि फेसन डिजाइनिङ तथा सिलाई–बुनाईप्रति रुची थियो । त्यसैले विदेश जानुभन्दा नेपालकै केही गरौँ भनेर फेसनको व्यापार थालेकी हुँ ।’
फेसन डिजाइनर बन्ने रुची र रहर पूरा गर्न करिब तीन वर्ष ‘फेसन डिजाइनिङ कोर्स’ गरिन् । कोर्ष सक्नेबित्तिकै बुटिक व्यवसाय सुरु गरेकी सुस्मिता भन्छिन्, ‘सुरुका दिनमा केही गाह्रो भएपनि बजार चिन्दै गएपछि सहज भयो ।’ धरानबाट बुटिक व्यवसायी सुरु गरेकी सुस्मिता बजार खोज्दै काठमाडौं छिरेकी हुन् । उनी भन्छिन्, ‘फेसन डिजाइरको कोर्ष गरेपछि पहिलोपटक धरानमा बुटिक खोलेकी थिएँ । धरानमा बुटिक राम्रै चलेको थियो । तर, धरानभन्दा काठमाडौं फेसनका लागि ठूलो बजार छ । त्यसैले काठमाडौंमा बुटिक खोलेकी हुँ ।’
बुटिकप्रतिको मोह
यदि, बुटिक व्यवसायमा नलागेको भए यतिखेर उनी क्यानडामा हुन्थिन् । तर, बुटिक व्यवसायप्रतिको मोहले सुस्मिताले दक्षिण कोरिया मात्र होइन क्यानडाको भिषासमेत त्यागिन् । उनी भन्छिन्, ‘मैले जे गरेँ, सही गरेँजस्तो लाग्छ ।’
सुस्मिताको ‘एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टर’ काठमाडौंको जडिबुटी र थापागाउँस्थित लाखेचौरमा रहेको छ । जहाँ, ग्राहकको मागअनुसार पहिरन मात्र तयार हुँदैन, फेसन डिजाइनर बन्न चाहनेहरुलाई तालिमसमेत दिइन्छ । एसएस क्रियशनमा फेसन डिजाइनिङ कोर्ष गर्नेहरुको लाम छ । ‘हामी सस्तो र स्तरिय कोर्ष दिन्छौँ’ सुस्मिताले भनिन्, ‘त्यसैले पनि एसएस क्रियशनमा ट्रेनिङ गर्नेहरु आइरहेका हुन्छन् । यहाँ ट्रेनिङ लिएकाहरु थुप्रै फेसन डिजाइनर भएर आत्मनिर्भर भएका छन् ।’
फेसन बजारमा पहिलो रोजाई
फेसन डिजाइनर सुस्मिताको एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टर’ पछिल्लो समय फेसन पारखीका लागि पहिलो रोजाइ बनेको छ । विशेषगरी डिजाइनिङ सारी, लेहेँगा, गाउनका आलाव ब्राइडल ड्रेसका लागि एसएस क्रियशन एण्ड ट्रेनिङ सेन्टर चर्चित छ । सेलिब्रेटीका लागिसमेत एसएस क्रियशन चर्चित बन्दै गएको छ । फिल्म, म्युजिक भिडियो र फोटोसुटका लागि एसएस क्रियशनले पहिरनहरु रेन्ट (भाडा)मा समेत उपलब्ध गराउँदै आएको छ । त्यसैले पनि पछिल्लो समय सुस्मिताका फेसन सिर्जनाहरु सेलिब्रेटीको रोजाइ बन्दै गएको छ ।
त्यसो त पछिल्लो काठमाडौंका मुख्य गल्लीहरु ‘फेसन हब’ बन्दै गएको छ । यस्तो अवस्थामा बुटिकहरुबीच प्रतिस्पर्धा नहुने कुरै भएन । त्यो प्रतिस्पर्धामा सुस्मिताको एसएस क्रियशन निक्कै अगाडि छ । ‘हामी ग्राहकको अर्डरअनुसार पहिरन छिट्टो छरितो तरिकाले तयार गरिदिन्छौँ, त्यसैले पनि एकपटक आएको ग्राहक दोहोराई तेहराई आउँछन् ।’ उनले आफ्नो बुटिक अन्य बुटिकहरुको तुलनामा सस्तो भएको समेत बताए । ‘जहाँ स्तरिय र सस्तो सुलभ मूल्यमा आफूले चाहेअनुसारको पहिरन पाउँछ, ग्राहक त्यहीँ जान्ँछ’, सुस्मिता भन्छिन्, ‘हामी ग्राहकलाई प्राथमिकता दिएर काम गछौँ । जतिसक्दो समयमै लुगा डेलिभरी गर्ने हाम्रो उद्देश्य हो ।’
विदेशमा पनि चर्चित एसएस क्रियशन
एसएस क्रियशनले तयार पारेका डिजाइनिङ पहिरनहरु जहाँ जहाँ नेपाली पुगेका छन्, ती देशहरुमा समेत लोकप्रिय बन्दै गएको छ । विशेषगरी युके, क्यानडा, अष्ट्रेलिया, जापान, सिंगापुर, हङकङ, बु्रनाई लगायत खाडी मुलुकहरुमा समेत आफ्नो पहिरन एक्सपोर्ट हुने सुस्मिताले बताइन् । ‘पछिल्लो समय शोसल मिडिया तथा अनलाइनको सुविधाले गर्दा पनि विदेशमा बस्ने नेपालीहरुबाट धेरै अर्डर आउन थालेको छ ।’ साथै, एसएस क्रियशनले तयार पारेका पहिरनहरु चर्चित अनलाइन बजार ‘दराज’मा समेत उपलब्ध छ ।
भविष्यको योजना
एसएस क्रियशनले तयार पारेका पहिरनले चर्चा र बजार लिइरहेका बेला सुस्मिता भविष्यप्रति पनि सजग छिन् । दिनदिनै शोसल मिडियाको प्रभावसँगै विश्व बजार साघुरिँदै गएको अवस्थालाई मध्येनजर गर्दै एसएस क्रियशनलाई के कसरी फेसन बजारको दुनियाँमा स्थापित गर्न सकिन्छ भन्ने सोचले सुस्मिताले केही योजनाहरु बनाएकी छन् । जसमा निकट समयमै एउटा फेसन शो गर्ने उनको सोच छ ।
‘पहिले धरानमा एक पटक इभेन्ट गरेकी थिएँ, तर काठमाडौंमा कुनै इभेन्ट गरेकी छैन’ सुस्मिताले भनिन्, ‘ब्राण्ड स्थापित गर्नका लागि पनि प्रचार प्रसार आवश्यक छ । त्यसैले निटक भविष्यमै एउटा शो गर्ने सोच बनाउँदै छु ।’
एसएस क्रियशनलाई बुटिकका रुपमा मात्र नभएर एक राम्रो फेसन डिजाइनिङ कोर्ष गर्ने थलो र कलाकारका लागि स्तरिय पहिरनमा भाडामा उपलब्ध हुने थलोको रुपमा स्थापित गर्ने उनको योजना र सोच रहेको छ ।