Logo
Logo

दरबार स्कुलको पूर्वविद्यार्थी समाजमा नयाँ नेतृत्व


5.2k
Shares

काठमाडौं । नेपालकै जेठो विद्यालय भानु माध्यमिक विद्यालय (दरबार स्कुल)का पूर्वविद्यार्थी समाजको छैटौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सुरेश बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्ष राजेन्द्रमान बज्रचार्य, सचिव श्री प्रधान, सहसचिव सुस्मा श्रेष्ठ र कोषाध्यक्ष उषाकुमारी टिवडेवाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा दिपशक्ति व्यञ्जनकार, राधा थापा, सुरेन्द्र खड्गी, ज्ञानी शोमा महर्जन, राजेश साख, सरेन्द्र लाल नकर्मी र राजन दाहाल रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक शारदा पौडेलेको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा अघिल्लो कार्यकालका सचिव श्री प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए भने आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन कोषाध्यक्षको अस्वस्थका कारण सदस्य दिपशक्ति व्यन्जकारले पेश गरेका थिए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष रामराजा कुँवरले समाजका सम्पूर्ण सदस्यहरुको प्रयासमा पूर्व विद्यार्थी स्मारिका–२०८० प्रकाशन तथा पाँच दर्जनभन्दा बढी शिक्षक शिक्षिकालाई सम्मान गरिएको बताए । कार्यक्रममा समाजका पूर्वबरिष्ठ उपाध्यक्ष राजभक्त श्रेष्ठले नगद बाह्र हजार र सल्लाकार रामगोविन्द रन्जितले पाँच हजार समाजलाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्