काठमाडौं, २ असार ।
सोमबार बेलुका भारत र चीनको सीमामा भएको भिडन्तमा २० भन्दा धेरै भारतीय सैनिकको मृत्यु भएको छ । सुरुमा तीन जनाको मृत्यु भएको बताइएपनि कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लद्दाखको गलवान म्यालीमा सोमबार राती चार घन्टा भिडन्त भएको थियो । सो क्षेत्रमा लामो समयदेखि दुई पक्षबीच विवाद हुँदै आएको छ । भिडन्तमा चिनियाँ सैनिकको समेत मृत्यु भएको बताइएपनि आधिकारीक जानकारी सार्वजनिक गरिएको छैन ।
सीमा क्षेत्रको तनावलाई कम गर्न दुवै देशका सरकारले छलफल गरिरहेका छन् ।
भारत र चीनबीच सीमा विवाद रहेपछि यसरी मृत्यु हुनेगरी भिडन्त ४५ वर्षपछि भएको हो ।