Logo
Logo

उद्योग विभागमा ज्ञवालीको रजगज


1.8k
Shares

काठमाडौं । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत नटेर्ने अधिकारीका रुपमा चिनिन थालेका छन् ।

राजेश्वर ज्ञवाली

अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, अदालतका आदेश कार्यान्वयन गर्नु नेपाल सरकारका मातहतका निक(ायको कर्तब्य हो । तर उनी त्यस्ता आदेश र निर्देशनका भरमा आफू नचल्ने भन्दै अनियमित निर्णय गर्न तल्लीन छन् । मन्त्रालयका उच्च अधिकारीले दिएको निर्देशन समेत उनले अटेर गर्दैआएका छन् ।

उद्योग मन्त्रालय र संवैधानिक निकायको निर्देशनलाई चुनौती दिनसक्ने महानिर्देशकका रुपमा चिनिएका ज्ञवाली विभागमा पनि अनुमति शाखाका निर्देशक सरोज पोखरेलको भरमा विभाग चलाउँदैआएका छन् ।

पूर्वमन्त्री रामक्ुमारी झाँक्रीका पति पशुपतिबाबु पुरीले पोखरेललाई विस्थापन गर्ने तयारीमा थिए । तर ज्ञवालीकै कारण मन्त्रालयको उच्च नेतृत्वले पोखरेलको विकल्प चाहेको छैन । केही समयअघि पुरी विभाग जाने र अनुमति शाखाको नेतृत्व गर्ने लगभग तय भइसकेको थियो । तर पोखरेल र ज्ञवालीको गठजोडका कारण तत्काल त्यो संभावना टरेर गएको छ ।

झाँक्रीले पटक–पटक उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटी आफ्नो श्रीमानको पदस्थापन गरिदिन अनुनय बिनय गर्दैआएकी छन् । तर महानिर्देशक ज्ञवालीेले मन्त्रीको निर्देशनअनुसार अनुमति शाखाको प्रमुख नदिने भएपछि मन्त्रालयले उनलाई विभागमा सरुवा गर्न सकेको छैन ।

पुरीलाई उद्योग विभागमा लैजानेबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा समेत लबिङ भइसकेको छ । पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले समेत उद्योगमन्त्री भण्डारीदेखि प्रधानमन्त्रीकोमा पुरीलाई लिएर गइसकेका छन् । तर प्रधानमन्त्रीको सचिवालय, मन्त्री र सचिव भन्दा पनि महानिर्देशक ज्ञवाली शक्तिशाली देखिंदा पोखरेलको सानसौकत बिभागमा बढेको छ ।

ज्ञवालीले शाखा अधिकृत बेनुपराज कार्की र पोखरेलको मात्रै सेटिङमा काम गर्दैआएको गुनासो छ । जतिबेला पनि पोखरेल र कार्कीको ज्ञवालीको कार्यकक्षमा बाक्लो उपस्थिति हुने गरेको छ ।

बिभागमा अनावश्यक चन्दा र सहयोग माग्नेहरुको संख्या बढ्दै गएपछि अनुमति शाखाका अधिकृत एकनाथ बाँस्तोला तनावमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्