Logo
Logo

पार्टीभित्रको गुट अन्त्य गर्न ओलीलाई केन्द्रीय सदस्यहरुको सुझाव


1.8k
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनका साथै अन्य प्रतिवेदनमाथि छलफल भएको छ ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोश्रो दिन ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । धारणा राख्ने सदस्यहरुले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

पार्टीलाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने र अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने समेत उनीहरुको भनाइ छ । त्यस्तै नयाँ समिकरण बनेपछि सरकारलाई उदेश्य अनुसार प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनीहरुले धारणा राखेको गुरुङले बताए ।

त्यस्तै अहिलेका अधिकारलाई बलियो बनाउने गरि संविधान संशोधन गर्न समेत उनीहरुले सुझाव दिएको उपमहासचिव गुरुङले जानकारी दिए ।

उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको भन्दै अहिलेसम्म समस्या पहिचान गरिएको बताए । राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको अध्यक्ष केपी ओलीले जवाफ दिएपछि समसामयिक प्रस्तावहरु पास गरेर बैठक मंगलबार समापन हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्