काठमाडौं । गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका सात जिल्लाका सिडिओ फेरिएका छन्।
काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै, धर्मेन्द्र मिश्रलाई कैलाली, गोगनबहादुर हमालको कैलाली, तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादव मोरङ, गोपालकुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ।
काठमाडौंका सिडिओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ। उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको भनेर सर्वाेच्च अदालतले हालै एक फैसलामा बोलेपछि उनी विवादमा परेका थिए। मोरङका सिडिओ प्रेमप्रसाद भट्टराई, झापाका बन्धु बाँस्तोला र सुनसरीका रामचन्द्र तिवारीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ।