काठमाडौं । नेपाल एसबिआई बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले बैंकका सेयर धनीहरुलाई ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै, बैंकको आव ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखा परीक्षकको प्रतिवेदनसहितको आव ०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको बैंकले जनाएको छ ।
सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि’ को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।