काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुलेको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक दिङ्गी केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।
भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि एकसाथ धक्का महसुस गरिएको छ । नेपालमा ७, भारतमा ७.१ र तिब्बतमा ६.९ म्याग्निुच्युडको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
लामो समयपछि एकाविहानै काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा भूकम्पको धक्का महसुस हुँदा नागरिक होहल्ला गर्दै सडकमा निस्किएका छन् । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।