Logo
Logo

एकाबिहानै भूकम्प : प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह


567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन् । एकाबिहानै भूकम्पको धक्का महसुस गरिएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सतर्क रहन सबैमा अनुरोध गरेका हुन् ।

‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला’, उनले भनेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ६ बजेर ५० मिनेट जाँदा तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर ६.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

यो भूकम्प नेपालमा भने ७ र भारतमा ७.१ म्याग्निच्युड मापन गरिएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँबासी होहल्लासहित घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्