काठमाडौं । आज बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ ।
सिगात्सेको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।
यो क्षति प्रारम्भिक विवरण मात्र हो । विस्तृत विवरण आउन बाँकी छ । उक्त भूकम्पको धक्का भारत, भुटान लगायत नेपालको पूर्वी क्षेत्र हुँदै नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो ।