Logo
Logo

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई पुरस्कार वितरण गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सरकारको २८ मंसिरको निर्णयबमोजिम साफ महिला फुटबल, एसियाली कराँते र काभा बिच भलिबल खेलका पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।

गत १ देखि १४ कात्तिकसम्म काठमाडौंमा भएको साफ महिला फुटबलका पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत १ देखि ७ असोजसम्म भएको २०औँ एसियाली कराँते च्याप्यियनसिफका पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, गत १७ देखि २० साउनसम्म भुटानको थिम्पुमा भएको काभा बिच महिला तथा पुरुष भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको छ । खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्त्वपूर्ण योगदान दिएकोमा उनीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्