काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चमा दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले असोज १४ गते दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा सुनवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको इजलास पेसी तोकिएको हो ।
वरिष्ठ अधिवक्तासमेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए । दायर रिटमा घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध भ्रामक र आधारहीन अभिव्यक्ति दिएको दाबी गरेका छन् ।