Logo
Logo

नक्कली इन्स्पेक्टर प्रहरीको फन्दामा


1.1k
Shares

काठमाडौं । प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरीको खडक नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी रहेका छन् ।

थापा र चौधरीले प्रहरी निरीक्षकको पोशाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिश सूची प्रकाशित भएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचयपत्र एक थान, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो चार थान र मोबाइल एक थान बरामद भएको छ । उनीहरूलाई ठगी तथा लिखतसम्बन्धी कसूर ९किर्ते० मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्