काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकमा सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का अनुपस्थित भएका छन् ।
प्राधिकरणको वित्तीय विवरण पारित गर्न मङ्गलबार बसेको बैठकमा मन्त्री खडकासँगै ऊर्जासचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि उपस्थित नभएपछि औपचारिक निर्णय भने केही गर्न सकेन ।
८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा मंगलबार चार जना मात्रै उपस्थित थिए । औपचारिकता नपाए पनि पुसभित्र प्राधिकरणको वित्तीय विवरण पारित गरेर महालेखा परीक्षकको कार्यालयमा पठाउनुपर्ने र कर तिरिसक्नु पर्ने भएकाले बैठक बसेको प्राधिकरण स्रोतले बताएको छ ।
ऊर्जामन्त्री खड्का र ऊर्जा सचिवको हस्ताक्षरका लागि माइन्युट मन्त्रालयमै पठाइएको छ ।