Logo
Logo

प्रचण्डलाई जनार्दन शर्माको प्रश्न- चुनावबाट अध्यक्ष बन्न किन डराउनुपर्यो ?


7k
Shares

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दश शर्माले पार्टीलाई प्राइभेट कम्पनीजसरी चलाएर पुष्पकमल दाहाल ुप्रचण्डु सधैँ अध्यक्ष बनिरहेको भन्दै बाहिर आलोचना हुने गरेको टिप्पणी गरेका छन् ।

जारी केन्द्रीय समितिको पूर्ण बैठकमा बोल्दै शर्माले आलोचना चिर्नका लागि पनि अध्यक्ष निर्वाचनबाट चुनिएर आउनु पर्ने बताए । उनले पार्टीको विधान सम्मेलनबाट पार्टीका सबै कमिटी निर्वाचनको प्रक्रियाबाट चयन हुने निर्णय भइसकेकाले अब अध्यक्ष पनि निर्वाचित भएर आउनुपर्ने बताएका हुन् ।

उनले अघि भने, ‘विधान सम्मेलनले निर्वाचन प्रक्रियाबाट पार्टीका सबै कमिटी गठन हुने विधि विकास गरिसकेको छ । अध्यषको हकमा त्यो कार्यान्वयन किन गर्न नपर्ने हो ? अध्यक्षमा हामी कसैले दावी गर्ने होइन, अध्यक्ष उहाँ नै हुने हो । चुनिएर आउन किन डराउनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्