Logo
Logo

जस्मिन पेन्टस्को प्राथमिक सेयर निष्कासन बिक्री प्रबन्धकमा सानिमा क्यापिटल


252
Shares

काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडको प्राथमिक सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

जस्मिनले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । जस्मिन पेन्ट्सको प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरका ५ लाख कित्ताले हुन आउने पाँच करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न सानिमा क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त भएको हो ।

जस्मिन पेन्ट्सका कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्