Logo
Logo

सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक


315
Shares

काठमाडौं । सामसङले नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन सार्वजनिक गरेको छ ।

सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।

स्मार्टथिंगस्एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वासिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन्सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ ।

यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ ।

यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्