काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले नबोलाएको प्रष्टीकरण दिएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले पूर्वराष्ट्रपति पुनलाई आफूले नबोलाएको र आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् ।
बैठकमा नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गर्दै पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो ।
जवाफमा प्रचण्डले भने, ‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो । म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो ।’
कतैतिर पनि विरोधाभास नहुने गरी पूर्वउपराष्ट्रपति पुनको भूमिका तय गरिने पनि प्रचण्डले बताए ।