काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल वन सेवाका ४ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।
बढुवा सिफारिस हुनेहरुमा महेन्द्र प्रसाद चौधरी, निर्मला फुयाल, राजु घिमिरे र ऋषि रानाभाट रहेका छन् । उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको हो ।