काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण भने आउन बाँकी छ ।
मंगलबार मात्रै तिब्बतको डिङ्गी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । जसको धक्का नेपाल, भारत र भुटानमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पमा परी चीनमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन् ।