Logo
Logo

युवा संघको केन्द्रीय विभाग र आयोगको एकता टुंगियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ असार । राष्ट्रिय युवा संघ, नेपालले केन्द्रीय विभाग र आयोगको एकता टुंग्याएको छ । युवा संघको एकता गर्न गठित कार्यदलले दिएको सुझाव अनुसार विभाग र आयोगको एकता सम्बन्धी काम टुंग्याइएको हो ।
युवा संघका सहसंयोजक रमेश पौडेलले ३१ विभागमा १६ विभाग तत्कालीन युवा संघ र १५ विभाग तत्कालीन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को भागमा परेको छ । उनका अनुसार तत्कालीन युवा संघलाई संगठन, महिला, आर्थिक, प्रकाशन, योजना तथा अनुसन्धान, कृषि, विज्ञान तथा प्रविधि, खेलकूद, पेशागत, वित्त तथा सार्वजनिक, स्वास्थ्य, सामाजिक सेवा र प्रकृति प्रकोप तथा विपद् व्यवस्थापन, प्राकृति स्रोतसाधन, न्याय तथा कानून र इभेन्ट म्यानेजमेन्ट विभाग परेको छ ।
यस्तै वाइसिएललाई कार्यालय, प्रशिक्षण, विदेश, प्रचार, विकास निर्माण, उत्पादन तथा समृद्धि निर्माण, सहकारी, शिक्षा, श्रम तथा रोजगार, पर्यटन, उद्योग विभाग रहेका छन् । यस्तै घाइते, अपाङ्ग तथा योद्धा विभाग, कला संस्कृति तथा स्वमयसेवक, वन तथा वातावरण र मानवअधिकार विभाग रहेको छ ।
सहसंयोजक पौडेलले २१ सदस्यीय विभागका संयोजक र सहसंयोजक भागमा परेको तत्कालीन संगठनले टुङग्याउने बताए । संयोजक र सहसंयोजक फरक–फरक संगठनले पाउने छन् । यसैगरी लेखा आयोग र निर्वाचन आयोग तत्कालीन युवा सङ्घले तथा अनुशासन आयोग र विशेष प्रदेश कमिटी तत्कालीन वाइसिएलको भागमा गरेको छ । आयोग ४५ सदस्यीय हुने छ ।
युवा संघका संयोजक रामप्रसाद सापकोटाले अब प्रदेश कमिटीमा मात्र एकता टुङग्याउन बाँकी रहेको बताए । प्रदेश कमिटीसँगै जिल्ला इन्चार्ज र सह–इन्चार्ज पनि चाँडै नै बाँडफाँड गरिने उनको भनाइ छ । २०७६ जेठ ३ गते दुई संगठनबीच एकता घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्