Logo
Logo

लस एञ्जलसको डढेलो अनियन्त्रित, १३ हजार भवन जोखिममा


एजेन्सी

189
Shares

काठमाडौं । अमेरिकाको लस एन्जलिसस्थित एक जंगलमा लागेको आगो अनियन्त्रित भएको छ । करिब २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई सुरक्षित स्थामा निकाल्न निर्देशन दिइएको बताएका छन् । उक्त वनको आगलागीबाट १३ हजार भवन जोखिममा परेको छ ।

प्यासिफिक पालिसेड क्षेत्रमा बाक्लो धुवाँ निस्किरहेको सार्वजनिक भिडियो फुटेजमा देख्न सकिन्छ । यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागिरहेको भिडियो समेत सामाजि सञ्जालमा पोष्ट गरिएका छन् । क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ । आगो अझै फैलिने खतरा रहेको अमरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्