Logo
Logo

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा छुटे


819
Shares

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा मंगलबार रिहा भएका हुन् ।

नेवा चार लाख र लामा ३ लाख धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेका थियो । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी र कुमार रम्तेल कास्की प्रहरीको हिरासतमा छन् । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्