Logo
Logo

सहकारी ठगी प्रकरण : अदालतमा हाजिर भएलगत्तै अञ्जलाको बयान सुरु


1.6k
Shares

विराटनगर । सहकारीको बचत हिनामिना आरोप लागेका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर भएलगत्तै उनीमाथि बयान लिन सुरु भएको छ ।

मोरङको धनपालथानस्थित उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको अदालतमा सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी थिए । उनका अनुसार अदालतमा उपस्थित भएसँगै कोइरालाको बयान उद्धवप्रसाद भट्टराईको इजलासमा सुरु भएको छ ।

उक्त सहकारीको रकम अपचलनमा मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार थिइन् ।

उक्त सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही प्रकरण मुछिएका वडाध्यक्ष खवास भने पाँच लाख रूपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्