Logo
Logo

प्रचण्डको आरोप- शान्ति प्रक्रियाको काम टुंगिन लाग्दा एमालेले रोक्यो


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई लिएर माओवादीलाई सिध्याउने हतियार बनाइएको बताएका छन् । बुधबर ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रक्रियाको काम टुंगिन लागेका बेला एमालेले रोक्ने गरेको आरोप लगाए ।

‘टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन । एउटा प्रवृत्ति नहोस् भन्ने नै छ’ प्रचण्डले भने, ‘अझ गम्भीर प्रवृत्ति के छ भने माओवादीलाई तह लगाउने अन्तिम यही छ किन टुंग्याउनु, माओवादी सिध्याएर मात्रै अनि के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन एउटा राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ त्यसले । माओवादीलाई तह लगाएर सिध्याउने अन्तिम हतियार यही नै हो भन्ने सोच भएको प्रवृत्ति छ ।’

उनले पीडितहरू एकताबद्ध भएर राज्यलाई र राजनीतिक नेतृत्वलाई अब त नसोचे बरर्बाद हुने भयो भन्ने ठाउँमा नपु¥याएसम्म अर्को १८ वर्षसम्म शान्ति प्रक्रिया टुंगो नलाग्ने बताए । अध्यक्ष प्रचण्डले भने, ‘यसको समाधान पीडितहरूले बेलाबेलामा यो कुरा उठाइराख्नु, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नुपर्छ । किनकि, अन्तिममा सडक नै हुने हो कि जस्तो मलाई लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्