Logo
Logo

सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु


3.7k
Shares

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा अपार्टमेन्टको सातौं तलाबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३९ वर्षीया दीक्षा दाहाल रहेकी छन् । उनको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । उनको मृत्यु शंकास्पद भएको अनुसन्धानमा संलग्न अधिकारी ब्यारी विन्सेन्टलाई उदृत गर्दै डेलिमेलले उल्लेख गरेको छ ।

प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि दीक्षाका श्रीमान् ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो ।

दाहाल अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । उनीहरुले केही वर्षअघि मात्र विवाह गरेका थिए । तर, उनीहरुबीच आन्तरिक झगडा हुने गरेको समेत बताइन्छ । पछिल्लो समय उनीहरु सँगै बस्न छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्