Logo
Logo

साढे तीन करोड चोरी आरोप लागेका युवालाई धरौटीमा छाड्न आदेश


3.3k
Shares

काठमाडौं । आइटी कम्पनी एफ–वान सफ्टको ‘सिष्टम ह्याक’ गरी सिटिजन्स बैंकको खाताको साढे तीन करोड चोरी गरेको घटनामा संलग्न नौं युवालाई धरौटीमा छाड्न आदेश भएको छ । आज (बुधबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले नौं जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो ।

राहुल ठाकुर र पुरूषोत्तम शाहसँग ५ लाख, दिपक थापामगरसँग ५० हजार, कमल थापा मगरसँग दुई लाख, त्रिगुणरत्न बज्राचार्य, कृष्णा रमन राउत, संजिवकुमार शर्मा, सन्देश राई र सागर कुमार साहसँग जनही एक लाख धरौटी माग गरेको हो । उनीहरूको बैंक खाता प्रयोग भई त्यस खातामार्फत रकमान्तर भएको देखिएको थियो । साइबर ब्युरोले यस घटनामा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा पेस गरेको थियो । प्रहरीले यस घटनामा अझै पनि अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न प्रमुख व्यक्तिहरूको पहिचान हुनसकेको छैन । गत बिहीबार सरकारी वकिलले काठमाडौं जिल्ला अदालतमा २४ जनाविरूद्ध प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये ९ जनामात्रै पक्राउ परेका थिए । बाँकी फरार नै थिए । ह्याक गरिएको रकम उनीहरुको खातामा ट्रान्फर गरेर त्यहाँबाट विदेश लगिएको खुलेको थियो । ह्याकरको समूहले विदेशमा बसेर ह्याक गर्ने र नेपालीहरुलाई प्रयोग गरेर उक्त रकम विभिन्न माध्यबाट विदेश लाने गरेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्