Logo
Logo

हुस्सु र शीतलहरले पूर्व-पश्चिम राजमार्ग फेरि अवरुद्ध


756
Shares

काठमाडौं । बाटो चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । मंगलबार रातिदेखि अवरुद्ध पश्चिम नवलपरासीको दाउन्ने सडक सोही दिन दिउँसो केही समय एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।

बाक्लो हुस्सु र शीतलहरका कारण सडक चिप्लो भएपछि मंगलबार रातिदेखि सवारी साधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको हो ।

आज बिहान दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन् । कतिपय यात्रुहरु भने रातभर हिंडेर दाउन्ने खण्ड पार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

ठाउँ–ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोक्किएका छन् । जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्