Logo
Logo

सडक निर्माण रोक्न वन डिभिजन प्रमुखको धम्की


- दृष्टि न्युज/संवाददाता

0
Shares

वन अधिकृत कृष्णदत्त भटट्

धनगढी, ३ असार । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा बन्न लागेको सडकलाई पहलमानपुर वन डिभिजन कार्यालय पहलमानपुरका वन अधिकृत कृष्णदत्त भटट्ले तत्काल रोक्न निर्देशन दिएका छन् ।
मोहन्याल गाउँपालिका र संघीय सरकारको आर्थिक सहयोगमा निर्माण थालिएको उक्त सडक खन्ने कार्य नरोकेको खण्डमा थुनिदिने धम्की दिएको मोहन्याल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनन्द जैशीले बताए । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ राजकाँडा हुँदै सहजपुर जाने सडक निर्माणका लागि प्रदेश सरकारको समपुरक बजेटको १५ लाख रुपैयाँ र मोहन्याल गाउँपालिकाको सहकार्यमा निर्माण शुरु हुन लागेको उक्त सडक वन डिभिजन कार्यालय पहमानपुरका वन अधिकृत कृष्णदत्त भटट्ले प्रमुख प्रशासकीय जैशीलाई वातावरणीय प्रभाव मूल्यांकनविना नै निर्माण थालनी गरिन लागेको भन्दै सडक निर्माण कार्य तत्काल नरोके शसस्त्र वन रक्षक लगाएर पक्राउ गर्ने धम्की दिएको जैशीले बताए ।
कैलालीको मोहन्यालका अधिकांश सडक चुरे क्षेत्र अन्तर्गत पर्दछन् । वातावरणीय दृष्टिकोणले चुरे क्षेत्र संवेदनशील क्षेत्र भएका
कारण चुरेमा कुनैपनि प्रकारको उत्खनन कार्य वातावरणीय दृष्टिकोणले ठीक नभएको अवस्थामा रोक लगाइएको बताइएको छ ।
तर, चुरेमा धमाधम वैज्ञानिक वन बनाउने, हरिया साल, सल्ला, अस्नालगायतका रुखहरु कटानी गर्दासम्म चुप लागेर वैज्ञानिक वनको कार्य योजना पास गर्ने कार्य गर्ने वन अधिकृत भटट्ले मोहन्याल गाउँपालिकाले वैज्ञानिक वन रोक्ने भनेर गरेको निर्णय रिस साँध्नका लागि सडक निर्माण कार्यमा अवरोध गरेको निमित्त प्रमुख जैशीले बताए ।
मोहन्याल गाउँपालिकाले चुरेमा वैज्ञानिक वन कार्यक्रम बन्द गर्नका लागि प्रदेश सरकार, वनडिभिजन कार्यालयहरु र संघीय सरकारलाई समेत पत्राचार गर्नुका साथै सो क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम रोकिएको थियो ।
वैज्ञानिक वन रोकिएको झोंकमा वन अधिकृत भटट्ले प्रतिशोध पूर्ण तरिकाले सडक निर्माण कार्यलाई वातावरणीय प्रभाव मूल्याँकन विना नै गर्न नपाइने भन्दै अवरोध सृजना गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्