काठमाडौं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको छ ।
उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समावेश छन् । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोटर्सले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभीएस) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ केडब्लु ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० केडब्लु मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ ।
१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०, ००० किमि वारंटी छ ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ ।
सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १, ८०, ००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिन्छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।