दाङ । प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा प्यूठान स्वर्गद्धारी नगरपालिका–२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २९ को प्रकाश घर्ती मगर छ्न् ।
उनीहरूको साथबाट २४ किलो ७१० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । दाङ घोराही उप–महानगरपालिका वडा नं.१३ सिर्जनशील टोलस्थित उनीहरुको डेराबाट चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।