काठमाडौं । गएराति सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा रहेको एक गोठमा आगलागी हुँदा अन्दाजी ४० वर्षीय नवराज खालिङको मृत्यु भएको हो ।
माप्य दूधकोशी गाउँपालिका–१ घर भइ थुम्लिङमा बस्दै आएका थिए । गएराति करिब १२ बजे भएको खालिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
उनले चुरोट खाने क्रममा गोठमा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पहह्रीले जनाएको छ ।