Logo
Logo

‘नेपाललाई दुई दलीय तानाशाही चाहिएको छैन’


819
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन् । सीके राउतले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिनेगरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै आपत्ति जनाएका छन् ।

सीके राउतले सामााजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन् । कुनै ऐन–कानुन बन्दा आफूलाई प्रभावित कसरी गर्ने भन्ने कुरा सदनलाई बताउन सक्नुपर्ने भनेका छन् । सीके राउतले भनेका छन्, ‘तर, त्यसका विपरीत ६–७ लाख गर्दै दसौं लाख (३०–४० लाख) जनताको मतलाई ‘खारेज’ गर्ने र त्यसको हिस्सा ठूला पार्टीमा चोर बाटोले जोड्ने निर्वाचन थ्रेस होल्डको प्रावधान आम जनतालाई स्वीकार्य हुन सक्दैन । हामी संघर्षका लागि तयार छौं । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन ।’

समानुपातिक सिट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तिमा पाँच प्रतिशत र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्