Logo
Logo

मगर समुदायले टुँडिखेलमा माघे संक्रान्ति मनाउने


504
Shares

​काठमाडौं । उपत्यकामा बसोबास गर्ने मगर समुदायले टुँडिखेलमा दुई दिन भव्य रुपमा माघे संक्रान्ति पर्व मनाउने भएका छन् ।  

नेपाल मगर संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रमुख पर्वका अवसरमा यही पुस २९ र माघ १ गतेका दिन टुँडिखेलमा माघे सकराती पर्व भव्य रुपमा मनाउने जानकारी दिएको हो । माघे संक्रान्ति मगर समुदायको नयाँ वर्षको सुरुआत पनि हो । टुँडिखेलमा आयोजना गरिने मगर मौलिक संस्कृति प्रदर्शन कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने संघले जनाएको छ ।

कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक मगर खाना तथा पोसाकहरुको प्रदर्शनी गरिने ध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए । माघ १ गते विशेष समारोह सुरु हुनअघि मौलिक झाँकीसहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने उनले बताए । 

पत्रकार सम्मेलनमा मगर अध्यक्ष पुनले नेपालको संस्कृतिमा ठोस नीति नहुँदा मौलिक संस्कृति लोप हुँदै गएको भन्दै मानव सिर्जित संस्कृतिहरूको जगेर्नामा सरकारले ध्यान दिनुपर्ने बताए । मानवलाई प्रकृतिसँग जोड्नका लागि कला–संस्कृतिहरुहरुको मौलिक महत्त्व रहेको उनले बताए । 

उक्त चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरूप जौको फूल लिएर घरको धुरी खाँबोमा पूजा गर्ने प्रचलन रहेको मगरले जानकारी दिए । त्यस्तै विभिन्न खानेकुरा तथा उपहारहरू यस सक रातीमा दाजुभाइ, माइतीहरूले चेलीबेटीलाई दिने चलन रहेको छ भने यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको संघले जनाएको छ । पत्रकार सम्मेलनमा मगर राष्ट्रिय गान सार्वजनिक गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्