Logo
Logo

रास्वपाका शीर्ष नेताहरू पोखरामा


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू कास्की पुगेका छन् ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित कार्यवाहक प्रवक्ता मनीष झा, नेताहरू विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिव नेपालीलगायतका नेताहरू कास्की पुगेका हुन् ।

बिहीबार पार्टी सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत, कास्कीले आदेश गर्ने सम्भावना रहेको छ ।

अहिले आदेश तयार भइरहेको बताइएको छ। अदालतका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित सबैको बहस सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्