काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको हो ।
दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।