काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएकाे छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै रविले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् । प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न रविलाई गत कात्तिक २ गते रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगेको थियो ।
सहकारीको बचत रकम गैरकानुनी हिसाबले गोर्खा मिडियामा आएको भन्दै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविमाथि कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।