Logo
Logo

छविलाल बन्जाडेलाई ८८ लाख धरौटी छाड्न आदेश


819
Shares

पोखरा । कास्की जिल्ला अदालतले छविलाल जोशी बन्जाडेसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा डीआईजीसमेत रहेका जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो।

फाइल तस्बिर

जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन् । सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको छ।

छविलाई गत असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्