पोखरा । सुर्यदर्शन सहकारीको बचत अपचलनविरूद्ध मुद्दा लागेका सात जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।
रास्वपा सभापति लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।